जसपा किन
सार्वभौमसत्ता सम्पन्न जनताका हामी प्रतिनिधिहरू नेपाललाई स्वतन्त्र, स्वाधीन, समृद्ध, धर्मनिरपेक्ष, समानुपातिक समावेशी, सहभागितामूलक, संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउने ध्येयप्रति प्रतिवद्ध हुँदै, नेपाल एक सार्वभौमसत्ता सम्पन्न, अविभाज्य, धर्मनिरपेक्ष, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुराष्ट्रिय विविधताले भरीपूणर् राज्य हो भन्ने मान्यतालाई आत्मसात गर्दै, जनताको न्याय, समानता, स्वतन्त्रता, राष्ट्रिय पहिचान, सुशासन, सामाजिक न्याय र समृद्धिको आकाङ्क्षा पुरा गर्न जनताद्वारा, जनताले जनताकै लागि गरिने शासन प्रणाली स्थापनाका लागि राजनीतिक पार्टी निर्माण गर्न, राष्ट्रको गरिमा अभिवृद्धि, जनताको सर्वोतम् हित र समृद्धि नै पार्टीको लक्ष्य हो भन्ने मान्यतालाई आत्मसात गर्दै, इतिहासको विभिन्न कालखण्डमा जनताले सञ्चालन गरेका राणाशासन बिरोधी आन्दोलन, निरङकुश निर्दलीय पञ्चायती व्यवस्था बिरोधी आन्दोलन, एकात्मक एवम् राजतन्त्रात्मक शासन प्रणालीको अन्त्य तथा राष्ट्रिय स्वाधीनता, शान्ति र अग्रगामी परिर्वतनको पक्षमा भएका जनक्रान्ति, जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मेधश जनविद्रोह, आदिवासी जनजाति, खस, थारू, महिला, मुस्लिम, दलित, पिछडावर्ग, लगायत उत्पीडित एवम् शोषित जनताले चलाएको जनसङघर्ष र आन्दोलनमा गरेका त्याग, संघर्ष, बलिदान र उत्सर्गको उच्च सम्मान गर्दै, जनताको सार्वभौमिकता, सङ्घीय शासन प्रणाली, बहुलतायुक्त खुला समाज, नागरिक स्वतन्त्रता, वालिग मताधिकार, आवधिक निर्वाचन प्रणाली, समावेशी लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, समानुपातिक समावेशीता, संवैधानिक सर्वोच्चता, कानूनी राज्य, मौलिक हक एवम् मानव अधिकार, नागरिक र राजनीतिक अधिकार, आर्थिक सामाजिक र सांस्कृतिक अधिकार, अल्पसङ्ख्यक अधिकार, महिला पुरूषबीच समानता, शक्तिपृथक्कीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, प्रेस स्वतन्त्रता, जनताको आत्मनिणर्यको अधिकार, राष्ट्रिय/ जातीय/ प्रादेशिक स्वायत्तता र स्वशासन, सामाजिक सुरक्षा, सामाजिक तथा आर्थिक न्यायको सिद्धान्त र समाजवादी लोकतन्त्र (Socialist Democracy) को मूल्य मान्यतालाई आत्मसात गर्दै, सामन्ती, पितृसत्तात्मक, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक र सामाजिक न्याय प्राप्ति सँग-सँगै राजनीतिक, सामाजिक र आर्थिक लोकतन्त्रमा आधारित समाजको निर्माण गर्ने, जहाँ प्रत्येक व्यक्ति र समुदायका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा, सामाजिक सुरक्षा, रोजगार, सबैका लागि स्वास्थ्य जीवन, खाद्य सुरक्षा तथा उन्नत पोषण, आवासका साथै राष्ट्रको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा स्वतन्त्रता, समानता, सामाजिक तथा आर्थिक न्याय र सुरक्षामा सहभागिता तथा पहुँच, विज्ञान र प्रविधि युक्त समृद्ध र समुन्नत जीवनको सुनिश्चित्तता गर्न सबैले समान अवसर प्राप्त गर्ने ध्येयप्रति प्रतिवद्ध हुँदै, विविधतामा एकता र एकतामा विविधतालाई आत्मसात गरी हाम्रो समाजमा वर्ग, वणर्, जात/जाति ९भ्तजलष्अ इचष्नष्ल०, धर्म, भाषा, लिङ्ग आदिका आधारमा भइरहेका विभेद, असमानता, शोषण र उत्पीडनलाई उन्मूलन गरी देशमा शान्ति, विकास र समृद्धिका लागि हिमाल, पहाड, र तराई/मधेशको बिशिष्टतालाई सम्बोधन गर्ने उद्देश्यका साथ नेपालमा आदिवासी जनजाति, मधेशी, थारू, दलित, मुस्लिम, खस, महिला, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, लोपोन्मुख उत्पीडित जात/जाति, श्रमजीवी वर्ग, किसान, लगायत बिभिन्न समुदायहरू माथि शताब्दियौं देखि कायम रहेको विभेद, शोषण, उत्पीडन र असमानतलाई अन्त्य गरी उनीहरूको राष्ट्रिय पहिचानको मान्यता, छ।
स्वशासन, स्वायत्तता, आत्मनिणर्यको अधिकारका साथै समुदायगत जनसङ्ख्याको आधारमा राज्यको हरेक अङ्ग, निकाय र तहमा समानुपातिक सहभागिता तथा प्रतिनिधित्वको प्रत्याभूति गराउँदै,सबै प्रकारका गरिबी, भोकमरी, तथा कुपोषण उन्मुलन गरी मर्यादा एवम् समता कायम गर्ने, जेष्ठ नागरिक, महिला र बाल अधिकारको संरक्षण गर्दै, आर्थिक, स्वास्थ्य, शिक्षा र अवसर प्राप्तीमा रहेका असमानता र अन्यायलाई अन्त्य गरी शान्तिपूणर्, न्यायसङ्गत, समावेशी लोकतान्त्रिक एवम् समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै,हाम्रो पार्टी समाजवादी लोकतान्त्रिक पार्टी हो । पार्टीको आधारभूत उद्देश्य-समानता, सम्पन्नता, सामाजिक-आर्थिक न्याय र व्यक्तिको स्वतन्त्रतालाई समाजमा बृद्धि गर्नु हो । जनताका लागि शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था, असमानताको न्यूनिकरण, गरिबीको निवारण, भोकमरी तथा कुपोषणबाट मुक्ति नै समाजवादी लोकतन्त्रको ध्येय हो । जनता समाजवादी पार्टी, नेपाल समाजवादी लोकतन्त्र (Socialist Democracy) प्रति आस्था राख्दै नेपाली श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रियताहरूको राजनीतिक अगुवा (हरावल) र प्रतिनिधि संस्था हो । समाजवादी आर्थिक व्यवस्था, राजनीति र संस्कृतिको विकास गर्नु यसको लक्ष्य हो । संसारभरीका उत्पीडित राष्ट्रियता, श्रमजीवि वर्ग माथिको राष्ट्रिय दमन, सामन्ती वणर् व्यवस्था, जात प्रथा, पितृसत्तात्मक संस्कृतिको आधारमा हेर्न र बुझ्ने जातीय अहङ्कारवादी मनोवृत्ति, सामन्तवादी तथा पूँजीवादी, शोषण, उत्पीडन, जात/जातीय/राष्ट्रिय विभेद (Caste and ethnic based discrimination) का बिरूद्ध भइरहेको संघर्ष, आन्तरिक उपनिवेशवाद, नव-उपनिवेशवाद, पुँजीवादी एकाधिकार र साम्राज्यवाद, रंग भेद बिरूद्ध हुने वा भइरहेका आन्दोलन एवम् संघर्षप्रति समर्थन र ऐक्यबद्वता राख्दै सामाजिक लोकतन्त्र, समाजवादी लोकतन्त्र, सामाजिक र आर्थिक लोकतन्त्र, पर्यावरणीय लोकतन्त्र, नारीवादी आन्दोलन, श्रमजिवी वर्गको आन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन, वर्गीय तथा सामाजिक मुक्तिलगायतका आन्दोलनहरूप्रति प्रतिबद्ध रहँदै,
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमद्वारा दिगो शान्ति, समानता, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न,
समुन्नत, सङ्घीय समाजवादी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न रणनीतिक लक्ष्य प्राप्तीका लागि सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व भएको राष्ट्रिय चरित्रको क्रान्तिकारी पार्टी निर्माण गर्न अपरिहार्य भएकोले जनता समाजवादी पार्टी, नेपाल People’s Socialist Party, Nepal स्थापना गरएिको छ ।